उपनिर्वाचन : स्थानीय तहको उम्मेदवारी दर्ता आज

काठमाडौँ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा स्थानीय तहका रिक्त रहेका पदका लागि बुधबार उम्मेदवारी दर्ता हुदैछ ।

निर्वाचन आयोगका अनुसार बिहान १० बजेबाट सम्बन्धित स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता खुला भएको छ । उम्मेदवारी दर्ता दिउँसो १ बजेसम्म रहेको छ ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष पद रिक्त रहेका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि खाली छ भने ३४ जिल्लाका ४० स्थानीय तहका विभिन्न वडाका गरी ४३ अध्यक्ष पद पनि रिक्त छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानसहित उल्लिखित स्थानीय तहका पदपूर्तिका लागि मंसिर १४ गते उपनिर्वाचन हुने भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?