काठमाडौं । नेपालको ४ दिने औपचारिक राजकीय भ्रमणमा नेपाल आइपुग्नुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेकपा अध्यक्ष प्रचण्डले भेटवार्ता गर्नुभएको छ । भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुग्नुभएको थियो ।
प्रचण्डभन्दा अगाडि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हमिदलाई भेट गर्नुभएको थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्न भएको थियो । भेटमा दुईपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभएको छ ।
२ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्दै हुनुहुन्छ । दिउँसो २ बजेर ४० मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओली र दिउँसो सवाँ तीन बजे उपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि भेट गर्नुहुनेछ । दिउँसो साढे ४ देखि ५ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच आपसी हितका विषयमा छलफल हुनेछ ।
यस्तै, भेटमा नेपालको पर्यटन, लगानी र आपसी सहकार्य गर्न सकिने विषय र यसअघि भइरहेका सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल भएको उहाँले बताउनुभयो । नेपाल भ्रमणको क्रममा राष्ट्रपति हमिदले काठमाडौँका विभिन्न ऐतिहासिक तथा पुरातात्विक, सांस्कृतिक सम्पदाको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा रात्रिभोज आयोजना गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया