अतिक्रमित भूमि फिर्ता गर्न नेविसंघले गर्यो हस्ताक्षर अभियान सुरु

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अतिक्रमित भूमि फिर्ताका लागि दबाब दिन हस्ताक्षर अभियान सुरु गरेको छ ।

नेविसंघले अतिक्रमित भूमि फिर्ताका लागि सरकारलाई दबाब दिन बुधबारबाट ग्रामिण आदर्श बहुमुखी क्याम्पस, एनआर कलेज, नेपाल कमर्श क्याम्पस र त्रिचन्द्र क्याम्पसबाट हस्ताक्षर संकलन अभियान सुरु गरेको हो ।

नेविसंघ आरआर क्याम्पस इकाई सचिव अनुराग शाह, कमर्श क्याम्पसमा इकाई अध्यक्ष सरोज तिमल्सिना, ग्रामिण आदर्श कलेजका बिध्यार्थी नेता मातृका तिमिल्सिना, एनआर क्याम्पसमा सुशान्त सिटौला र त्रिचन्द्र क्याम्पसमा यसमान बिष्ट लगायत विद्यार्थी नेताहरुको नेतृत्वमा हस्ताक्षर संकलन अभियान गरिएको नेविसंघले जानकारी दिएको छ ।

क्याम्पसहरुमा संकलन गरिएको हस्ताक्षर शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइने कार्यक्रम रहेको छ । नेविसंघले अतिक्रमित भूमि फिर्ताका लागि सरकारले कूटनीतिक पहल नगरेको विरोधमा मंसिर १ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने पनि घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?