दरबारमार्ग सामूहिक बलात्कार प्रकरण : मुख्य अभियुक्तलाई पाँच वर्षको कैद

काठमाडौं । दुई वर्षअघि राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्षको कैद सजाय सुनाएको छ।

काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने निर्णय गरेको हो।

घटनामा संलग्न अन्य तीन जना अभियुक्तहरूलाई १४ महिनाको कैद सुनाइएको काठमाडौं जिल्ला अदालतका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।

२०७४ माघ ७ गते दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा शैलेश कार्की, विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेललेले १८ वर्षे युवतीलाई सामूहिक बलात्कार गरेका थिए। मुख्य अभियुक्त कार्की पिडित युवतीको प्रेमी हुन् ।

पीडित युवतीले माघ ८ गते प्रहरी वृत्त दरबारमार्गमा आरोपित ४ जनाले आफूलाई बलात्कार गरेको र सोही बेला नग्न तस्बिर तथा भिडिओसमेत खिचेर राखेको भन्दै उजुरी गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?