काठमाडौं । स्पेनका लागि नेपाली राजदूतका रुपमा दावा फुटी शेर्पाले कार्यभार सम्हाल्नु भएको छ ।
मंगलबार म्याड्रिडस्थित नेपाली दूतावास पुगेर राजदूत शेर्पाले कार्यभार सम्हालनुभएको हो । मंगलबारबाट राजदुत शेर्पाले कार्यभार सम्हालेको दूतावासले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
करिव नौ महिनादेखी राजदुतावासमा राजदुतको पद खाली रहेको थियो ।
स्पेनका लागी नेपाली राजदूतका रूपमा भरतबहादुर रायमाझी कार्यरत हुनुहुन्थ्यो । नेपाल सरकारले गत जनवरीमा उहाँलाई फिर्ता बोलाएपछि दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । नवनियुक्त राजदुत शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी रहेको पनि स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया