बंगलादेशका राष्ट्रपति हमिद र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता भएको छ ।

बुधबार दिउँसो राष्ट्रपति हमिदसँग भेट गर्दै प्रधानमन्त्री ओलीले द्विपक्षीय हितका बारेमा कुराकानी गरेका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार नै राष्ट्रपति हमिदले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस सभापति देउवा र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?