काठमाडौं, ३० पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि दिल्ली पुगेकी छन् माओवादी केन्द्रकी सल्लाहकार समेत रहेकी दाहाल फलोअप उपचारका लागि दिल्ली गरेकी हुन् । केही समयअघि उनको थाइल्याण्डको बैंककमा उपचार भएको थियो त्यसकै फलोअपका लागि उनी दिल्लीको मेदान्त अस्पताल गएकी हुन् । पछिल्लो केही समयदेखि बोल्न र हिँडडुल गर्न समस्या आएको पारिवारिक स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया