यसरी मनाए हरिवंशले आफ्नो ६३ औं जन्मदिन

काठमाडौं । नेपाली कलाकारीता क्षेत्रका एक हस्ती हास्यकलाकार हरिवंश आचार्यले आफ्नो ६३ औं जन्मदिन मनाउनु भएको छ । केही कलाकारको उपस्थितीमा नयाँ वानेश्ररस्थित रडियो अडियोले आयोजना गरेकाे कार्यक्रममा उहाँले जन्मदिन मनाउनुभएको हाे ।

जन्मदिनको शुभकामना आदानप्रदान कार्यक्रममा हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, किरण केसी, दिपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, हरिवंशकी पत्नी रमिला, नायिका आँचल शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

वि.सं २०१४ साल कात्तिकको २७ गते जन्मिनुभएका हरिवंश नेपाली हाँस्य व्यङ्ग्य क्षेत्रमा सबैले उच्च स्थानमा राखेको नाम हो । सानै उमेरदेखी कलाकारीता क्षेत्रमा लाग्नुभएका हरिवंश पछिल्लो समयमा चलचित्र निर्माण, अभिनय, विज्ञापन निर्माणमा बढी व्यस्त रहँदैआउनुभएको छ ।

जन्मदिनको अवसरमा पुराना दिनहरु स्मरण गर्दै उहाँ भावुक समेत बन्नुभएको थियो । साथै अर्का हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र आफ्नो सम्बन्ध कसैले पनि छुटाउन नसक्नेमा दावी समेत गर्नुभएको छ । जन्मदिनको अवसरमा हास्यकलाकार केदार घिमिरे र दिपाश्री निरौलाले हरि भजन समेत प्रस्तप्रस्तुत समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?