मुम्बई –बलिउड अभिनेत्री बिपाशा बसु प्रेगनेन्ट भएको भारतीय मिडियाले लेखेका छन् । सोशल मिडियामा उनी प्रेगनेन्ट देखिएको एक तस्बिर समेत भाइरल भइरहेका छन् । जुन तस्बिरमा बिपाशालाई ब्लु फ्लोव प्रिंटको ड्रेसमा बेबी बम्प फ्लोन्ट गरेको देख्न सकिन्छ अहिलेसम्म यो तस्बिर सक्कली वा नक्कली पुष्टी गरिएको छैन । तर केही दिन पहिले बिपाशा पति करण सिंह ग्रोवरका साथ मुम्बइको हिन्दुजा अस्पतालमा देखिएकी थिइन् । त्यसैले पनि उनी प्रिंग्नेट भएको अनुमान लगाइएको हो तर हालै एक अन्र्तवार्तामा बिपाशाले प्रिंग्नेट समाचारको खन्डन गरेकी छन् । उनले भनेकी छन् ‘म प्रेगनेन्ट छैन । प्लिज गलत अनुमान नलगाउनु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया