काठमाडौं । बंगलादेशमा आजबाट शुरु भएको इमेर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारतसँगको खेलमा खराब सुरुवात गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमै गुमाएको छ। त्यसपछि ब्याटिङ गर्न आएका शरद भेषवाकर र कुशल भुर्तेलले नेपालको पारी उकास्ने कोसिस गरिरहेका छन् ।
नेपालले १५ ओभर सकिँदासम्म एक विकेटको क्षतिमा ४७ रन बनाएको छ ।
साथै नेपाल रहेको समूह ‘बी’ मा भारत, आयोजक बंगलादेश र हङकङ रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया