काठमाडौँ । मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि चितवनमा बुधबार मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन कार्यालयमा ३ वडाका लागि १३ जनाले मनोनयन दर्ता गराएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ मा पाँचजना, खैरहनी नगरपालिकाको वडा नं. ४ र ५ मा ४–४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन आयोजका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तराज हमाल, नेपाली कांग्रेसका अमृतराज हमाल, राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी र समाजवादी पार्टीका अम्बरबहादुर थापाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी खैरहनीको वडा नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद बस्नेत, राप्रपाका अनुज अधिकारी, नेकपाका बेदबहादुर अधिकारी र राप्रपा संयुक्तका सीताराम थापाले मनोनयन दर्ता गराएका छन ।
खैरहनीको वडा नम्बर ५ मा नेकपाका पुननारायण प्रधान, नेपाली कांग्रसका प्रतिमा कार्की, राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी र समाजवादी पार्टीका विकन महतो थारुले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया