काठमाडौँ । हङकङ प्रशासनले किन्डरगार्टेनसहितका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने घोषणा गरिएको छ । सरकारविरोधी प्रदर्शन चर्कदै गएपछि सुरक्षा संवेदनशीलता बताउदै शैक्षिक संस्था बन्द गरिन लागेको बताइएको छ ।
सरकार विरोधी प्रदर्शन ब्यापारिक केन्द्रमा मात्रै हुँदै आएपछि केही समययता विद्यालय तथा विश्वविद्यालयमा समेत हुन थालेपछि शैक्षिक संस्था बन्द गरिएकको अन्तराष्ट्रिय संचार माध्यहरुले बताएका छन् । प्रहरी र प्रदर्शनकारीविच शैक्षिक संस्थामा हुने झडपलाई सुरक्षा चुनौती थपिदै गएको छ।
गत मंगलबार पनि स्थानीय र अन्र्तराष्ट्रिय विद्यालयहरु बन्द गरिएका थिए । जुन महिना यता साताको अन्तिम दिनमा हुँदै आएको प्रदर्शन केही समययता दिनहुँ हुन थालेको छ । विवादास्पद सुपुर्दगी विधेयकको विरोमा शुरु भएको प्रदर्शन पछिल्लो समय सरकार विरोधी आन्दोलनमा केन्द्रित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया