काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङबीच ब्राजिलको राजधानी ब्रासिलियामा भेटवार्ता भएको छ ।
भेटका क्रममा दुइ देश बीच द्विपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सी गत अक्टोबरमा भारत भ्रमण गरेको समयमा अनौपचारिक बैठक भएको थियो । ११ औं ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन ब्रासिलिया पुगेका समयमा भेटवार्ता भएको हो ।
शिखर सम्मेलनमा आतंकवाद समाप्त पार्नका लागि एकआपसमा सहयोग अभिवृद्धिका लागि संयन्त्र बनाउनुका साथै विश्वका पाँच प्रमुख अर्थव्यवस्थाहरुका साथ भारतको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री मोदी र राष्ट्रपति सीबीच सीमा क्षेत्रमा शान्ति राख्ने विषयमा छलफल भएको बताइएको छ । भेटवार्ताको क्रममा दुबै देशका विशेष प्रतिनिधिबीच वार्ता गरेर सीमा क्षेत्रमा देखिएको विवाद समाप्त गरेर शान्ति स्थापनाको दिशा अगाडि बढ्ने विषयमा सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया