काठमाडौं । भ्रमण नेपाल २०२० काे अवसरमा साेलुखुम्बु जिल्ला नेचासल्यान ४ निवासी ६६ बर्षे ठगेन्द्र कुमार जमरकट्टेल नेपालका ७७ वटै जिल्लाकाे स्थलगत भ्रमण गर्ने महान लक्ष्यका साथ नेपाल दर्शन नामक अभियानमा निस्कनु भएकाे छ ।
विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपालकाे सिफारिसमा जमरकट्टेलले नेपालका ७७ वटै जिल्लाकाे भ्रमण गर्नु हुने छ । भ्रमणका क्रममा जमरकट्टेलले सर्व प्रथम जिल्ला सदरमुकाम स्थित जिल्ला समन्वय समितिकाे कार्यालयमा पुगि विश्व हिन्दु महासंघले पठाएकाे अनुराेध पत्र समन्वय समिति सम्याेजक वा कार्यालय प्रमुखलाई बुझाउनु हुनेछ ।
त्यस पस्चात जिल्लाका प्रमुख धार्मिक स्थल तथा प्रमुख पर्यटकिय स्थलहरुकाे भ्रमण गर्नु हुनेछ । विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका केन्द्रिय समिति सदस्य समेत रहनु भएका जमरकट्टेलले भ्रमणका क्रममा हिन्दु धर्मकाे वास्तविक वस्तुस्थिति तथा अरु धर्महरु विचकाे आपसी सहसम्बन्धकाे विषयमा पनि अध्ययन अनुसन्धान गर्नु हुने छ । उक्त अभियान सफल पार्नकाे लागि विश्व हिन्दु महासंघले सबै जिल्ला स्थित सरकारी कार्यालय, कर्मचारी, प्रहरी प्रशाषन, जनप्रतिनिधि, यातायात व्यवसायी तथा हाेटल व्यवसायीहरुलाई समेत मन वचन र कर्मले सर सहयाेग गर्न अनुराेध गरेकाे छ ।
नेचासल्यान ४ स्थित जालपा आधारभुत विद्यालय तथा नेचा सामुदायिक अस्पतालका संस्थापक सदस्य जमरकट्टेल सामाजिक तथा धार्मिक कार्यमा क्रियाशिल हुनु हुन्छ । परिश्रमी, लगनशिल र रचनात्मक स्वभावका जमरकट्टेलले प्रत्येक बर्षलाई केहि न केहि रचनात्मक कामकाे बर्षकाे रुपमा मनाउदै अाउनुभएकाे छ । साेहि अनुसार उहाँ कै नेतृत्वमा २०७४ सालमा पुर्वाञ्चल मै पहिलाे पटक महालङ्गुर हिमालबाट उत्पन्न भई बहने साेलुनदीकाे किनारमा एकै मण्डपमा १८ महापुराण लगाएर विश्व शान्ति र समृद्धिकाे कामना गर्ने पवित्र कार्य सम्पन्न भएकाे थियाे ।
त्यसै गरि जालपादिप, केदार दिगदर्शन, हिमाल, उत्साह लगायतका स्मारिका तथा पत्रपत्रिकामा कविता तथा लेख रचना लेख्नु हुने जमरकट्टेलले २०७५ लाई लेखन बर्षकाे नाम दिई समर्पण नामक कविता सङ्ग्रह प्रकाशन गरि मनाउनुभएकाे थियाे ।
विश्वकाे शिर सगरमाथा लगायतका उच्च हिमालहरु, विश्व शान्तिका अग्रदुत गाैतम बुद्धकाे जन्मस्थल लुम्विनि, विविध ताल तलैया, नदिनालाहरु र धार्मिक तथा सांस्कृतिक विविधता र प्राकृतिक साैन्दर्यले भरिपुर्ण नेपालकाे पुर्व देखि पश्चिम सम्म भ्रमण गर्न उत्कृष्ट स्थानहरु छन । तिनिहरुकाे संरक्षण, सम्वर्धन र उजागर गर्न तथा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्धनकाे लागि नेपाल सरकारले २०२० लाई भिजिट नेपाल २०२० नामक बर्षकाे रुपमा मनाउन लागेकाे सुन्दा आफुलाई पनि खुशि लागेकाे हुनाले आफुले पनि नेपाल दर्शन गर्न लागेकाे जानकारी दिनुभयाे ।
पर्यटकिय हिसावले अति सुन्दर देश नेपालमा आन्तरिक तथा वाह्य पर्यटककाे संख्या बढाई देशकाे आर्थिक उन्नतिकाे लागि समेत आफ्नाे अभियानले सहयाेग पुग्ने उहाँकाे धारणा रहेकाे छ । उहाँ भन्नुहुन्छ, “कतिपय मान्छेहरु ६० बर्ष कटेपछि बुढाे भईयाे अब बसेर खाने हाे भन्छन तर त्यसाे हैन बृद्ध उमेरमा पनि घुमफिर र धार्मिक यात्रा गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिन पनि मैले याे अभियान सुरु गरेकाे हुँ । अर्काे कुरा नेपालमा धुम्नकाे लागि सहज छ कुनै बाधा अवराेध छैन भन्ने सन्देश दिन पनि मैले याे भिजिट नेपाल २०२० काे पुर्वसन्ध्यामा याे अभियान सुरु गरेकाे हुँ।”
विश्व हिन्दु महासंघ राष्ट्रिय समितिकाे केन्द्रिय कार्यालय सितापाईलाबाट पत्र तथा शुभकामना लिई पशुपतिनाथकाे दर्शन गरि आशिर्वाद मागेर सुरु गर्नु भएकाे नेपाल दर्शन नामक अभियानमा ३ नं प्रदेशका १२, २ नं प्रदेशका ६ र ४ नं प्रदेशका ८ वटा जिल्लाकाे भ्रमण सकि सक्नुभएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया