अब सिङ्गो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्छ : नेता नेपाल

काठमाडौं । पुर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एकमात्र बाटो आर्थिक विकास र वेरोजगारीको अन्त्य भएको बताउनुभएको छ ।

भक्तपुरको सरस्वती खेलमा शुक्रबार आयोजित चुनावी सभामा बोल्नुहुँदै नेता नेपालले अब सिङ्गो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपालले भक्तपुर १(क)मा आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा नेकपा उम्मेदवार डिपि ढकाललाई जिताउन समेत अपिल गर्नुभयो।

चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले ढकालको जित सुनिश्चित भैसकेको दावी गर्नुभयो। सभामा उम्मेदवार डिपि ढकालले आफ्ना चुनावी प्रतिवद्धता राख्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?