हङ्‍कङमा विरोध प्रदर्शनको क्रममा ७० वर्षीय वृद्धको मृत्यु

काठमाडौँ । हङ्‍कङमा सरकार विरोधी प्रदर्शनका क्रममा एक जना ७० वर्षीय वृद्धको मृत्यु भएको छ। वृद्धलाई खाजा खाने समयमा ‘मास्क लगाएका प्रदर्शनकारीहरुले प्रहार गर्दा मृत्यु भएको हो ।

अधिकारीहरूका अनुसार वृद्धको मृत्यु अस्पतालमा भएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ। गत शुक्रवार प्रदर्शनस्थल खाली गराउन गरिएको प्रहरी कारबाहीका क्रममा एक जना २२ वर्षीय विद्यार्थीको पार्किङ स्थलबाट खसेर मृत्यु भएको थियो।

प्रहरी कारबाहीका क्रममा भवनबाट खसेर एकजना प्रदर्शनकारीको मृत्यु भएको एक हप्ताभन्दा कम समयपछि विरोध प्रदर्शनमा मृत्यु भएको यो दोस्रो घटना हो। पछिल्लो पाँच महिनादेखि हङ्‍कङमा राजनीतिक अशान्ति फैलिएको छ।

“मास्क लगाएका प्रदर्शनकर्ताहरूले विभिन्न स्थानमा लगातार तीन दिन निकै हिंसात्मक कार्यहरू गरे र उनीहरूले सर्वासाधारणहरूलाई समेत आक्रमण गरे,” सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?