काठमाडौँ । नेपाली पत्रकारितामा खोजमूलक, सहासिक र अनुसन्धानात्मक समाचार सम्प्रेषण गरेबापत ‘हाम्रा कुरा डट कम’ अनलाइन सेवाका सम्पादक अजयबाबु सिवाकोटीलाई सन् २०१९ को ‘इन्जा अवार्ड’ प्रदान गरिएको छ ।
नेपाली पत्रकारको अन्तर्राष्ट्रि«य सञ्जाल एशिया च्याप्टरद्वारा आज आयोजित कार्यक्रममा सम्पादक सिवाकोटीलाई एक हजार अमेरिकी डलरसहितको उक्त अवार्ड प्रदान गरियो । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दूरव्यवहार गरेकोसम्बन्धी समाचार सम्पादक सिवाकोटीले पहिलोपटक सम्प्रेषण गरेका थिए ।
सो अवसरमा मानवअधिकार क्षेत्रका अगुवा कृष्ण पहाडीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चारमाध्यमले विशिष्ट योगदान पु¥याएकाले समाजका विकृति तथा कमीकमजोरीलाई उजागर गर्ने सम्बन्धमा हीनताबोध गर्नुपर्ने कुनै कारण नभएको बताए ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले पत्रकारिता भनेको व्यावसायिक र लेख्यकला मात्र नभएर सत्यको उजागर गर्ने माध्यम भएकाले समाजमा माथिल्लो तहमा बस्नेको कमीकमजोरीलाई जनतासामु पु¥याउने काममा सम्पादक सिवाकोटीबाट सहासिक कार्य भएको भनि प्रशंसा गरे ।
पुरस्कृत व्यक्तित्व सम्पादक सिवाकोटीले मुलुकमा स्वतन्त्र पत्रकारिता कसरी गर्न सकिन्छ भन्ने प्रश्न कायमै रहेको धारणा व्यक्त गरे ।
उनले आफूले प्राप्त गरेको पुरस्कारको रकममध्ये रु २५ हजार सुर्खेतका पत्रकार स्व डिलप्रसाद शर्माको परिवारलाई उपलब्ध गराउन जानकारी दिए ।
शर्माको बोनम्यारो प्रत्यारोपणका क्रममा बिहीबार काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया