काठमाडौं। बागलुङ २ ख बाट आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएका शेरमान घर्ती मगरको चुनाव चिह्न दुरुपयोग गरेको अभियोगमा सत्तारुढ नेकपा बागलुङले २ कार्यकर्तालाई निस्काशित गरेको छ ।
बिहीबार बसेको नेकपाको जिल्ला कमिटी बैठकले उनीहरुलाई निस्काशित गर्ने निर्णय गरेको हो ।
निस्काशित हुनेमा ढोरपाटन नगरपालिका वडा नम्बर १ का तुल्सिराम अर्याल र ढोरपाटन नगरपालिका २ कै दधिराम अर्याल रहेका छन् । नेकपा बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाका अनुसार पार्टी ऐन विपरित बागी उम्मेद्वारको उम्मेद्वारी मिडप्याक भई सकेको अवस्थामा पनि चुनाव चिह्न लिएर भोट मागेको भेटिएपछि उनीहरुलाई निस्काशित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया