नयाँ बानेश्वरबाट ६ जना जुवाडेसहित साढे दुई लाख रुपैयाँ बरामद

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरबाट २ लाख ५९ हजार ५० रुपैयाँसहित प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत तीनकुनको टोलीले काठमाडौं महानगरपालिका – ३१ कागतेनी चोकबाट उनीहरुलाइ पक्राउ गरिएको हो । महानगरीय प्रहरी वृत तीनकुनका प्रमुख डिएसपी दुर्गाराज रेग्मीका अनुसार नयाँ बानेश्वरस्थित नविनकिशोर भोजपुरेको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

विशेष सुचनाको आधारमा जुवा खेलिरहेको अवस्थामा भोजपुरेसहित अन्यलाइ समेत नियन्त्रण गरि अनुसन्धान भइरहेको डिएसपी रेग्मी जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?