काठमाडौँ । भारतीय टेलिकम कम्पनी वोडाफोन—इण्डियाले दोस्रो त्रैमासिकमा ७४ हजार करोड रुपैयाँ घाटा भएको छ । १ अर्ब भन्दा बढी मोबाइल ग्राहक भएको भारतीय बजारमा कम्पनीको घाटा हुनुका मुख्य दुई कारण रहको अर्थशास्त्री विवेक कौलले बताएका छन् ।
अर्थशास्त्री विवेक कौलका अनुसार टेलिफोन कम्पनिको कलको मूल्य घट्दापनि यसको डेटाको मूल्य लगातार उच्च रहनु र तीनवर्ष पहिला जब रिलायन्स जियो आएपछि जियोले डेटाको मूल्यमा गिरावट आएको र यसले भ्वाइसको बजारलाई डेटाको बजारमा परिर्वतन गरेको बताइएको छ ।
अहिले भारत डेटाको बजारमा सबैभन्दा सस्तो रहेको छ । यसले देशमा पहिलादेखि नै रहेका कम्पनीमा गहिरो असर पर्न गर्यो । रिलायन्सले मूल्य अनुरुप आफ्नो नयाँ योजना ल्याउनु पर्यो । यसले गर्दा फाइदा कम र नोक्सान बढी भएको देखियो।
यस्तै एडजस्टेड ग्रास रेभिन्यु (एजीआर)को मामिला समेत रहेको छ । यसले दूरसञ्चार कम्पनीले आफ्नो कमाईको एक हिस्सा सरकारको दूरसञ्चार विभागको साथ साझा गर्नुपर्दछ । भारतमा कम्पनीहरुले धेरै कर तिर्नुपरेको गुनासो गर्दै आएका छन् । वोडाफोन जस्तो कम्पनीले देश छोडेर गएमा त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा भारतको छबीलाई नै अप्ठेरो पर्न सक्ने बिबिसी हिन्दीले उल्लेख गरेको छ ।
भारत सरकार र वोडाफोनका बीच १० वर्षदेखि करको विषयलाई लिएर मुद्दा चलिरहेको छ । पछिल्लो समय वोडाफोनले भारतको आइडिया भन्ने कम्पनीसँग मिलेर ज्वाइन्ट भेन्चरमा काम गर्दै आएको छ । भारतीय टेलिकम बजारमा राजश्वको मामिलामा यो कम्पनीको हिस्सेदारी २९ प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया