बिल गेट्स बने फेरि विश्वकै सबैभन्दा धनी, यी हुन् विश्वका शिर्ष ५ धनि व्यक्ति

काठमाडौं । माइक्रोसफ्टका सह–संस्थापक ६४ वर्षीय बिल गेट्स दुई वर्षपछि पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न पुगेका छन् । सन् २०१७ को अक्टोबरमा गेट्सलाई पछि पारेका ५५ वर्षीय जेफ बेजोस शुक्रबार दोस्रो नम्बरमा झरेका छन्। गेट्सको कूल सम्पत्ति ११० अर्ब डलर रहेको छ भने त्यहीँ बेजोसको कूल सम्पत्ति १०९ अर्ब डलर रहेको छ ।

अहिले माइक्रोसफ्टको शेयरमा पछिल्ला समय फाइदा हुदै गएको छ । अमेरिकी रक्षा विभागले २५ अक्टोबरमा माइक्रोसफ्टलाई १० अब अर्ब डलरको क्लाउड कम्युटिङको करार दिने घोषणा गरेको थियो । त्यसपछि माइक्रोसफ्टको शेयरमा ४ प्रतिशतले वृद्धि भएको थियो ।

विश्वका शीर्ष ५ धनी

१. बिल गेट्स, माइक्रोसफ्ट (अमेरिका) – ११० अर्ब डलर

 

२. जेफ बेजोस, अमेजन (अमेरिका) – १०९ अर्ब डलर

 

३. बर्नाड अरनाल्ट, एलवीएमएच (फ्रान्स) – १०३ अर्ब डलर

४. वारेन बफे, वर्कशायर हैथवे (अमेरिका) – ८६.६ अर्ब डलर

 

५. मार्क जकरवर्ग, फेसबुक (अमेरिका) – ७४.५ अर्ब डलर

 

 

स्रोत : नेटवर्थ ब्लूमबर्ग बिलेनियर इन्डेक्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?