काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने होडमा रहेका नेताहरुलाई सचेत गराएका छन् । चुनावका लागि आर्थिक सहयोग जुटाउन आयोजित कार्यक्रममा उनले वास्तविकताबाट पर रहेका नीतिहरु चुनावी अभियानको क्रममा नआएको भन्दै असन्तुष्टि जनाएकको बताइएको छ ।
उम्मेदवारहरु वामपन्थतर्फ ढल्किए त्यसले डेमोक्रेट मतदातालाई नै विभाजित गर्ने उनको भनाइ रहेको छ । मतदाताले व्यवस्था विभाजित भएको हेर्न नचाहने ओबामाको भनाइ छ ।
आगामी निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न अठार नेता प्रतिस्पर्धामा छन् । यिनीहरु मध्ये एकले आगामी चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्ने छन । तर ओबामाले ति मध्ये कसलाई समर्थन गर्ने अहिलेसम्म खुलाएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया