काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे सचिवालय बैठक आइतबार बस्ने भएको छ ।
शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक बोलाएको प्रधानमन्त्री कार्यलयले जानकारी दिएको छ । आज बस्ने भनिएको बैठकमा पार्टी एकताका बाँकी रहेको विषयमा टुंगो लगाउन छलफल हुने जनाइएको छ ।
नेकपाको एकताप्रकृयाको सबभन्दा पेचिलो विषय बन्दै गएको छ अध्यक्षको कार्यविभाजन। अध्यक्षद्वय मध्ये एकले सरकार चलाउने र अर्कोले पार्टी चलाउने गरी कार्यविभाजन हुनुपर्ने अध्यक्ष दाहाल लगायतका नेताहरूको माग गर्दै आएका छन् । सचिवालय बैठकमा अध्यक्षको कार्यविभाजनबारे पनि छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया