सिमा अतिक्रमणको विरोध गर्न भारतीय दुतावास पुगेका नेविसंघका विद्यार्थी पक्राउ

काठमाडौं । भारतले नेपाली भूभाग अतिक्रमण विरोधमा प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

कालो ब्यानर र कालो बेलुनसहित भारतविरुद्ध नाराबाजीसहित ठमेलको अस्कल क्याम्पसबाट निस्किएका उनीहरुलाई प्रहरीले लैनचौरबाट पक्राउ गरिएको छ।

बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको थियो भने, अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको छ ।

पक्राउ पर्नेमा विद्यार्थीहरूमा नवराज त्रिपाठी , मनिस सिंखडा , दीपक ओझा , सन्तोष पाण्डे, सरोज थापा र दिपेश ओली रहेका नेवि संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?