काठमाडौँ । गोतबाया राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । शनिबार भएको राष्ट्रपतिको चुनावमा राजपाक्षेले ५४ प्रतिशत बढी मत पाएका बताइएको छ।
राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएका छन् । सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई समेत दिएका छन्। गोतबाया पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ रहेका छन् ।
राजापाक्षेको सरकारमा गोतबाया रक्षा सचिव रहेका थिए ।
सात महिनाअघि भएको २५९ जनाको ज्यान जाने गरी भएको इस्टर आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी लागेको छ। राजापाक्षेले सोमबार सपथ लिने स्थानिय संचार माध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया