काठमाडौं । अल इडिया मुस्लिम पर्सनल ल बोर्डले राम जन्मभूमि(बाबरी मस्जिदको सर्वोच अदालतको फैसलामा पुनर्विचार याचिका दायर गर्ने भएको छ । बोर्डले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै कार्यसमीति बैठकमा सर्वोच अदालतले नौ नोभेम्बरको फैसला माथि पुनर्विचारका छलफल भएको बताएको छ ।
बैठक पछि बोर्डका सचिव जफरयाव जिलानी भने मुस्लिम पक्षमा मिसबाहुद्दीन, मौलाना महफ़ूज़ुर्रह्मान, मोहम्मद उमर एंव हाजी महबूले पुनर्विचार याचिका दायर गर्न आफ्नो सहमित दिएका छन् ।
अन्य पक्षकार इकबाल असारीको बारेमा सोधिको प्रश्नमा जफरयाब जिलानीले भने इकबाल असारीलार्इ जिल्ला एव पुलिस प्रशासनले दबाव दिएको छ । जिलानीले भने, इकलबाल असारी पुनर्विचारको लागी विरोध गरेका छन् । साथै अयोध्या प्रशासन र पुलिससमेत उनीहरूमाथि दबाव दिइरहेका छन्।
लखनऊ प्रशासनले उनीहरुलाइ बैठक गर्नबाट समेत रोकेको थियो । यस्तै जिलानीले भने बाबरी मस्जिदको सट्टामा मुसलमानलाइ पाँच एकड जमिन स्वीकार गर्न नसकिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया