काठमाडौँ । हङ्कङमा पछिल्लो ५ महिना देखि जारी राजनितिक आन्दोलन भइरहेको छ । दुइ दिन यता प्रहरीले हङ्कङकको विश्वविद्यालय परिसरमा झडप भएको छ । प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच एउटा विश्वविद्यालय परिसरमा आइतवार रातभरि झडप भएको बताइएको छ । सोमवार बिहान प्रदर्शनकारी र प्रहरी बिच फेरि झडप भएपछि तनाव चर्किएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छ।
प्रदर्शनकारीहरूले पेट्रोल बम, ढुङ्गा र घातक हतियार प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग बताइएको छ । पोलिटेक्निक यूनिभर्सिटी (पोलियू) भित्र प्रहरी प्रवेश गर्न खोजेपछि प्रदर्शनकारीहरूले प्रतिरोध गर्ने क्रममा झडप भएको थियो । प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम र बाण प्रहार गरेपछि विश्वविद्यालयका प्रवेशद्वारहरूमा आगो लागेको थियो। अहिले प्रहरीले पोलियूलाई घेरेको छ।
आफूमाथि त्यस्तो आक्रमण नरोकिए गोली प्रहार गर्ने चेतावनी सुरक्षाकर्मीहरूले दिएका थिए। प्रदर्शनकारीहरूले प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार गरेका थिए महिनौँदेखि चलिरहेको सरकारविरोधी आन्दोलनका कारण हङ्कङ अस्तव्यस्त भएको छ। चीनको अर्धस्वशासित भूभागका रूपमा रहेको हङ्कङमा आन्दोलन सुरु भएयता अहिले प्रदर्शनले सबैभन्दा उग्र रूप लिएको छ।प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप लाग्ने गरेको छ भने उग्र प्रदर्शनकारीहरूले प्रहरीलाई तारो बनाउने गरेका छन्।
सोमवार भएको झडपमा एक प्रहरी अधिकारी घाइते भएका छन्। चीनको अर्धस्वशासित भूभागका रूपमा रहेको हङ्कङमा आन्दोलन सुरु भएयता अहिले प्रदर्शनले उग्र रूप लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया