काठमाडौं । श्रीलङ्कामा भएको गृहयुद्धको समयमा विवादस्पद रक्षा सचिव रहेका गोटाबाया राजपक्षेले सोमबार नयाँ राष्ट्रपति रुपमा शपथ लिएका छन् ।
राजपक्षेको शपथग्रहण समारोहमा उनका दार्इ महिंदा राजपक्षे समेत आएका थिए । महिंदाले २००५ देखि २०१५ सम्म देशको राष्ट्रपति रहेका थिए । शपथग्रहण समारोहमा पूर्व मन्त्री र सांसदहरुको ठूलो सख्यामा सहभागित रहेको थियो ।
चुनाव आयोगले आइतबार चुनाव परिणाम घोषणा गर्दै राजपक्षेले पक्षी नेता प्रेमदास लार्इ १३ लाख भन्दा धेरै मतदानले पराजित गरेका छन्। आयोग भनेको छ राजपक्षेले ५२.२५ प्रतिशत (६,२४,२५५) मत ल्याएका छन् भने प्रेमदासले ४१.९९ प्रतिशत (५५,६४,२३९) भोट प्राप्त गरेका थिए। अन्य उमेदवारले ५.७६ प्रतिशत भोट प्राप्त गरेको चुनाव आयोगले बताएको छ ।
चुनाव आयोगका अध्यक्ष महिंदा देशप्रियका अनुसार निवार्चनमा कुल जनसंख्याको ८३.७३ प्रतिशित मतदाताले मतदान गरेका थिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया