भारत र चीनले गरेको सिमा अतिक्रमणको विरोधमा राँके जुलुस, नेविसंघका २१ नेता प्रहरी नियन्त्रणमा

काठमाडौँ । भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा राजधानीको बालाजु क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको छ। सो क्रममा प्रहरीले नेविसंघका २१ नेता कार्यकर्तालाई पक्राउ समेत गरेको छ ।

भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता लिन माग गर्दै नेविसंघका निवर्तमान केन्द्रिय सदस्य शुशिल भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा भट्टसहित विद्यार्थी नेताहरु निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे,विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह , राजन बुर्लाकोटी  ,प्रशान्त लामिछाने,महेश्वर पाैडेल, जगदिश थापा,ईश्वर थापा,धुर्व अधिकारी ,सन्तोष खलाल, भिम अधिकारी,रस गुरुङ,भानुभक्त उपाध्याय,अशाेक क्षेत्री लगायत  नेता कार्यकर्ता पक्राउ परेका हुन् । प्रदर्शनको क्रममा विद्यार्थीहरुले भारत र चिनले मिचेको भूमी फिर्ता गर , कालापानी , लिपुलेक हाम्रै हो लगायतको नारा लगाएका थिए ।

उनीहरुले माछापोखरीमा कोणसभा गर्ने तयारी गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?