काठमाडौं । भारतको बिहार राज्यमा पर्ने नवादाका एक गाउँमा दुई पत्निका पतिले गाँउ घुमिघुमि सरसफाइ गरेका कारण त्यसमा गाँउ नयाँ तरंग आएको छ । ६८ वर्षिय किशोरी सिंहले परिवारको स्थिती पनि बाहिरको काम गर्नुपर्ने स्थितिमा पनि रहेको छैन । तर पनि उनि गाँउ सफाइमा जुटेका छन्। किशोरी सिंहले ५१ वर्ष देखि यस्तो काम गरिरहेका छन्।
वारिसलीगंज नगर पंचायतमा पर्ने यो साधारण किसान चांदो सिंहका ६८ वर्षीयका छोरा किरोशी सिंहको विवाह आएका पहुनाहरु भोजका कारण घरको आगाडी र भित्र फोहर गरेर गएका थिए । त्यस पछि उनले सफाइका लागि कुचो उठाएका हुन । पछी आएर यो अभियानको रुपमा लिएको छ ।
विहान ४ बजेदेखि बेलुकासम्म सफाइ
किशोरी हिंस गाँउको सफाइको लागि बिहानको ४ बजे उठ्ने गर्दछन्। एक हातमा कुचो र दोस्रो हातमा फोहर उठाउने भाडो बोकेर गल्ली घुम्ने गर्छन् उनी । उनलाई सफाइ गरेको समयमा केहि चिया पिउन समेत दिने गरेका हुन्छन्।
गाँउका मानिसहरु भन्छन्; प्रतिदिन लगभग तिन-चार बजे विहान नुहाउने देखि लिएर स्वयम् खाना पकाउने गर्छन् । हप्ताको अन्तिम दिन उनले मन्दिर र स्कुलको सफाइ गर्ने छन्।
सफाइ गर्दा केही मानिसहरुले पागल भन्छन्
किशोरी सिंह भन्छन्; निरन्तर सफाई अभियानमा लागेका कारण गाउँका केही मानिसहरुले पागल समेत भन्ने गर्दछन् । तर गाउका केही पढे लेखेकाहरुले सफाइ अभियानको तारिफ गर्ने गर्दछन्। साथमा उनहरुले समेत सहभागित समेत जनाउने गरेका छन्। भास्कर डट कमबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया