काठमाडौं । पचरौता नगरपालिका-८ लंगडा चोकबाट स्रोत नखुलेको नगद ३५ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा सिम्रौनगढ नगरपालिका-७ झवानी बस्ने २२ वर्षीय राजन कुमार दुबे र २३ वर्षीय सुनिल महतो नुनिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले सिम्रौनगढबाट कलैयातर्फ जाँदै गरेको ना.२६ प १६४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया