काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपनिर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्न सबै मतदातालाई आह्वान गरेको छ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पत्रकार सम्मेलन गरी सरकारका जनविरोधी गतिविधिलाई सच्याउन पनि आम मतदातालाई आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीमा मत गर्न आह्वान गर्नु भएको हो । सरकारका भईरहेका गतिविधिलाई सच्याउने सन्देश दिने गरी आम मतदाताले मतदान गर्नुपर्दछ भन्ने हाम्रो विश्लेषण छ,’ प्रवक्ता शर्माले भन्नु भयो,‘२१ महिनाको अवधिमा सरकारले आफ्नो चाहना अनुसार गतिविधि गरेनगरेको सोच्न म आम मतदातालाई आग्रह गर्दछु ।’ प्रवक्ता शर्माले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार पूर्णत असफल भएकाले पनि आम जनताले उपनिर्वाचनमा आफ्नो पार्टीको पक्षमा मतदान गर्नुपर्ने तर्क पनि पटकपटक दोहो¥याउनु भयो । काँग्रेसले २१ महिनाको अवधिमा आफ्नो पार्टीले भने जिम्मेवार र शालिन प्रतिपक्षको भूमिका निर्वाह गरेको दावी पनि गरेको छ ।
भारतसँग सीमा समस्या समाधान गर्न पनि सरकारले ठोस कदम चाल्न नसकेको काँग्रेसको आरोप छ । प्रवक्ता शर्माले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहलकदमी लिएर भारतसँगको सीमा समस्या समाधान गर्न सरकार सफल हुने नदेखिएको दावी पनि गर्नु भयो । प्रधानमन्त्री ओलीका पछिल्ला आवेगपूर्ण अभिव्यक्तिले सो समस्या समाधान गर्न सरकार गम्भिर नभएको देखिएको पनि उहाँको भनाई छ ।
प्रवक्ता शर्माले आन्तारिक द्धन्द्धका कारण कालापानीमा राखिएको भारतीय सेना आफ्नो पार्टी नेतृत्वको सरकारले विगतमा हटाउन नसकेको पनि बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया