काठमाडौँ । नयाँ मन्त्री छान्नको लागि बोलाइएको नेकपा सचिवालय बैठक पर सरेको छ । बुधबार बिहान ९ बजेको लागि बोलाइएको सचिवालय बैठक सारेर १२ बजेसम्मको लागि तय गरिएको छ । नेकपा महासचिव बिष्णु पौडेलले बैठक १२ बजेका लागि तय भएकाे बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक परामर्शमा जुट्नुपर्ने भएकाले बैठक केही पर सारेको बताइएको छ । आजै मन्त्रिमण्डल पुनर्गठनको तयारीमा प्रधानमन्त्री छन् ।
मंगलबारकाे क्याबिनेट बैठकमा ओलीले मन्त्री फेर्न लागेकेा बताएका थिए । साेही अनुसार तयारी तीब्र पारिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया