काठमाडौं । भारतले सर्वजनिक गरेको नयाँ नक्सामा विषय अहिले नेपालमा विभिन्न छलफल चर्चा र त्यसको विरोध भएको छ । विभन्न पार्टीका नेता कार्यकर्ता र तिनका भातृसङ्गठनले भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै सडक आन्दोलन गरिरेका छन् ।
भारतले नेपालको भूभाग रहेको कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग नयाँ नक्सामा राखि सर्वजनिक गरेपछि त्यसको दैनिक जस्तो नेपालमा विरोधका भइरहेको छ। वर्तमान सरकार पक्षका नेता कार्यकता र तिनका निकट भातृसङ्गठनसहित प्रतिपक्ष नेपाली कांग्रेसले पनि त्यसको विरोध गर्दै आएको छ। नेपाल-भारत बिच भएका विभिन्न कालखण्डमा भएका सन्धी समझौता विपरित भारतले पटक-पटक नेपाली भूभाग मिच्नु भनेको भारतको विस्तारवादी नीति बताइएको छ ।
यस्तै आइतबार सत्तारूढ नेकपाको भातृसङ्गठन युवा सङ्घको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै प्रधनमन्त्री केपी शर्मा ओलीले नेपाली भूभागबाट भारतले तत्काल आफ्नो सेना फिर्ता लैजानु पर्ने बताएका थिए । कुनै पनि हालतमा नेपालको एक इन्च भूभागमा कसैले पनि कब्जा गर्ने अनुमित नभएको बताएका थिए ।
गत हप्ता ओलीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा कालापानीको विषयमा छलफल भएको थियो। बैठकमा सहभागी पूर्वप्रधानमन्त्री तथा नेताहरूले कालापानी नेपाली भूभाग भएको भन्दै कूटनीतिकद्वारा विवाद टुङ्ग्याउन सल्लाह दिएका थिए । भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा भारतीय सिमानाभित्र देखाएपछि नेपालमा त्यसको विरोध भएको छ । तर यस विषयमा भारत कुनै प्रतिक्रिया दिएको छैन ।
कालापानी नेपालको क्षेत्रमा भारतले किन गर्यो हस्तक्षेप ?
भारतले ३१ अक्टोबरको जम्मू-कश्मिर एंव लद्दाखलाई समावेश गरि केन्द्रप्रशासित प्रदेशको रुपमा गठन गरे पछि भारत सरकारले देशको नयाँ नक्सा गरी गर्यो । त्यसपछि अहिले विवादको स्थिती बनेको छ । नयाँ नक्समा कालापनी क्षेत्रलाई भारतले समावेश गरेको छ । यस विषयलाइ लिएर पाकिस्तानले समेत विरोध गर्दे आएको छ । पाकिस्तान क्षेत्रमा पर्ने गिल्लगित-बाल्टिस्तानको लद्दाखमा समाबेश गरिएपछि यसमा पाकिस्तानले विरोध गरेको हो ।
नेपाल सरकारले पनि कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भूभाग भारतीय नक्सामा समाबेश गरेपछि त्यसको विरोध गरेको थियो । यसैले भारत सरकारले त्यस क्षेत्रबाट आफ्ना सुरक्षा बल फिर्ता लैजानु पर्ने थियो । तर भारतले भने आफ्नो नक्सामा नेपालको भूभाग नपरेको दावी गर्दै आएको छ ।
नेपाल-भारत र चीनको त्रिकोणीय भूभाग
कालापनी क्षेत्र नेपाल-भारतको बिचमा विवाद भएको छ । कालापानी क्षेत्रमा भौगोलिक कारणले यो भूभाग सामारिक द्दष्टिले भारत र चीनका लागि उपयोगि रहेको बताइएको छ । यो क्षेत्र चीनको नजिक भएका कारण यो त्रिकोणीय भूभाग धेरै संवेशदनील रहेको छ ।
भौगलिक कारणले महत्वपूर्ण क्षेत्र
कालापानी काली नदी (महाकाली नदी )को उद्गम स्थल रहेको छ । कालपानी क्षेत्रको भारतको पिथौडागढ जिल्लासँग ३५ वर्ग किलोमिटर सिमना रहेको छ । नेपालको दार्चुला जिल्ला पर्छ । यो क्षेत्रमा भारतसँग लगभग ३४४ किलोमिटर क्षेत्र नेपालसँग जोडिएको छ ।
यसको मुख्य विवाद
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा यस क्षेत्रलार्इ आफु तिर राखेको छ । १८१६ मा इस्ट इडिया कम्पनी र नेपाल बिच भएको सुगौली सन्धीमा राखिएको थियो । सान्धीमा भनिएको थियो काली पूर्व नेपालको सिमना रेखांकित गरिएको थियो । १९६२ मा भारत र चीनबीच भएको युद्ध भन्दा पहिले नेपाल यस क्षेत्रमा जनगणना गरेको थियो । यो भूभागलार्इ भारतले मिचेर सुगौली सन्धी ठाडो उल्लघन गरेको छ ।
के छ सुगौली सन्धीमा ?
सुगौली सन्धी इस्ट इडिया कम्पनी र नेपालका बिच समझौता भएको थियो । यस सन्धी दुइ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको थियो । यसलार्इ ४ मार्च १८१६मा यसको अनुमोदन गरिएको थियो । सन्धीका कारण नेपालले आफ्नो भूभागको २ तिहाई भू-भाग गुमाउनु परेको थियो।
यो क्षेत्रमा नेपाली २५ वर्ष भन्दा धेरै युद्ध गरि जितेको भूभाग रहेको थियो । यसको पूर्वमा सिक्किम र पश्चिममा कुमाउ एंव गढवालसम्म नेपाली भूभाग रहेको थियो । १८१६ मा तराई केही क्षेत्र नेपाललाई फिर्ता गरिएको थियो । यो पनि भारतमा भएको विद्रहोमा नेपालीले सहयोग गरेका कारण ब्रिटिसले फिर्ता गरेका थिए। यस सन्धीकै आधार मानेर अहिले पनि नेपाल भारतको सिमना कायम भएको छ । यस क्षेत्रमा नेपालको ६०,००० हेक्टर भूभाग रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया