काठमाडौं । मन्त्रिमण्डल फेरबदलका विषयमा अन्तिम निर्णय गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा जारी रहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले केही मन्त्रीलाई विदा गर्ने र केही मन्त्रीको जिम्मेवारी हेरफेर तथा नयाँ मन्त्रीको सिफारिसको निर्णय गर्नेछ ।
मन्त्रिमण्डल हेरफेर बारे नेकपा सचिवाल बैठकले अनुमोदन गरेपछि आजै नयाँ मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ दिलाउने तयारी रहेको छ ।
मन्त्रिमण्डलको हेरफेर हुने भएपछि शीतल निवासमा मन्त्रीहरुको शपथको तयारी गरिएको छ । शपथको तयारीका लागि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपति कार्यालयलाई अनौपचारिक रुपमा जानकारी गराएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रपति कार्यालय श्रोतका अनुसार साँझ पाँच बजे नवनियुक्त मन्त्रीहरुको शपथको तयारी भएको भएपनि औपचारिक जानकारी भए प्राप्त भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया