कठमाडौं । करिब २० हजार लिटर डिजलसहित अपहरणमा परेको टयाङ्कर फेला परेको छ । आइतबार राती अपहरणमा परेर हराएको उक्त टयाङ्कर धनुषाको महेन्द्रनगरमा खाली अबस्थामा भेटिएको प्रदेश नं २ का प्रहरी प्रमुख डीआइजी प्रधुम्न कार्कीले बताउनुभयो ।
विराटनगरका लागि अमलेखगञ्जबाट पेट्रोलिमय पदार्थ बोकेको ट्याङ्कर लहान नगरपालिका–८ हुलाका कार्यालय नजिकबाट अज्ञात समूहले बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
चलाउन समस्या आएको भन्दै चालक रामदेव यादवले ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सडक छेउमा पार्किङ गरेका थिए । चालक रामदेब र सह–चालक उमेश यादव ट्याङ्करभित्र सुतिरहेकोमा ६–७ जनाको समूहले उनीहरुसँगै ट्याङकरलाई जंगलतर्फ लगेको थियो । साथै ट्याङ्कर धनी राजेशकुमार गुप्ताले प्रहरीलाई घटनाबारे जानकारी गराएपछि खोजी सुरु गरिएको थियो । टयांकर हराएपनि चालक र सहचालक सम्र्पकमा आइसकेका थिए । चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीआईजी कार्कीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया