काठमाडौं । कृषकलाई दैनिक उपभोग्य सामग्री बिक्री गर्न र ग्राहकलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले जाजरकोट सदरमुकाममा कोशेली घर सञ्चालनमा ल्याइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ ९विभाग० जाजरकोटको सहयोगमा महिला उद्यमी शिला नेपालीले कोशेली घरको स्थापना गर्नुभएको हो । परियोजना कार्यान्वयन एकाइले कोशेली घर सञ्चालनका लागि लाग्ने वार्षिक घर भाडा, कृषिजन्य वस्तु राख्नलाई चाहिने क्यारेट, बट्टालगायतका सामग्री र ‘डिजिटल’ तराजु सहयोग गरेको परियोजना कार्यान्वयन एकाइ प्रमुख टङ्क रिजालले जानकारी दिनुभयो ।
स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य तथा घरेलु उत्पादनको बजारीकरण गर्नमा कोशेली घरले सहयोग पु¥याउने उहाँले बताउनुभयो । कोशेली घरबाट स्थानीय उत्पादन सुन्तला, केरा, स्याउ, किबी, सिमी, भटमास, बेसार, भाँगो, गहत, मासका साथै राडी, पाखीलगायत हस्तकलाका सामग्री बिक्री गरिने नेपालीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया