काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले पदभार ग्रहण गर्दै कर्मचारी समायोजनको क्रममा देखिएका केही मनोवैज्ञानिक समस्याहरु समाधान गर्ने बताउनुभएको छ । बिहिबार पदभार गर्दै अहिलेको निजामती प्रशासनमा नीतिगत र संरचनागत दुवै समस्या रहेकोले त्यसलाई सच्याउनुपर्ने बताउनुभयो ।
मन्त्री त्रिपाठीले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको भन्दै आफूले त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिने बताउनुभयो ।
उहाँले स्थानीय तहमा सामाजिक सुरक्षाको रकमसमेत अर्को शीर्षकमा लगेको पाइएको भन्दै त्यसमा पारदर्शिता ल्याउने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया