नवनियुक्त यातायात मन्त्री नेम्वाङले काठमाडौंको समस्या समाधानमा जोड दिने

काठमाडौं । नवनियुक्ति भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले पद तथा गोपनियताको सपथ ग्रहण पश्चात पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण पश्चात उहाँले काठमाडौं उपत्यकाको सडकको अवस्थाबारे आफू जानकार रहेको र भएका समस्या समाधानमा पहल गर्ने बताउनुभएको छ ।

राष्ट्रपति निवासमा बिहीबार विहान सपथ लिनुभएका उहाँले सिंहदरबारस्थित मन्त्रालयमा पुग्दा निवर्तमान मन्त्री रघुवीर महासेठले स्वागत गर्नुभएको थियो ।

हाल पूर्वाधार विकास सुस्त गतिमा काम भइरहेकोले त्यसले पर्याप्त नभएको उहाँले बताउनुभयो । साथै सडक, रेल, पानीजहाज लगायतका पूर्वाधारका क्षेत्रमा काम गर्न प्रशासनिक, नीतिगत सुधार गर्नुपर्ने भए गरेर पनि कामलाई गति दिने समेत उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?