काठमाडौं । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु भएको छ ।
काठमाडौँमा पसुपति क्षेत्रबाट पर्यटनमन्त्री योगेश भट्टराईले साइकल यात्राको शुभारम्भ गर्नुभयो । समृद्ध सिन्धुली अभियानले हरेक बर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस बर्ष साइकल यात्रीहरुको उल्लेख्य सहभागिता रहेको छ । आज बाट सुरु भएको साइकल यात्रा जनकपुरको जानकी मन्दीरमा पुगेर समापन हुनेछ ।
यात्रामा १६७ जना साइकलयात्री सहभागी भएका छन् जसमा १८ जना महिला साइकल यात्री सहभागी रहेका छन् । यो साइकल यात्राका महिला सहभागीहरुलाई संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले सहयोग गरेको छ । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबद्र्धन गर्न चार बर्षदेखि राइड टु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । साइकल यात्रीले २५० किलोमिटरको यात्रा ४ दिनमा सम्पन्न गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया