देउसी-भैलीबाट संकलित रकमले विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं । जिपि काेईराला अध्ययन केन्द्रले देउसी-भैली कार्यक्रमबाट संकलन भएको रकमले विद्यालयमा शैक्षिक सामग्री हस्तान्तर गरेको छ ।

केन्द्रले शुक्रबार सकंलित रकमले नुवाकोटको तादी गाउँपालिकास्थित विभिन्न विद्यालयमा शैक्षिक सामग्री हस्तान्तर गरेको हो ।

केन्द्रले तादि गाउँपालिकास्थित उर्लेनिमा रहेकाे गगांदेबि प्रावि,ओख्रेमा रहेको सुन्दरादेबि मावि र काल्चेमा रहेको मगंलेश्वरि प्राविमा कम्प्युटर, शैशिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेकाे हो ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका महासचिव निरन्जन थापाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, वडा सभापति यादवराज खनाल, नेविसंघ जिल्ला काेषाध्यक्ष स्वेच्छा उप्रेती, नेविसंघका नेताहरु पवन थापा,सन्ताेष गुरुङ, राजु केसि, पुर्व वडा अध्यक्ष बद्रि थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु धुर्व तामाङ, अर्जुन तामाङ, वडा सदस्यहरु केशब थापा, राम तामाङ र सम्बन्धित विद्यालयका प्रध्यानाध्यापक विद्यार्थी तथा स्थानिय अभिभावकहरुकाे उपस्थिति रहेकाे स्वेच्छा उप्रेतीले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?