टेलिकमले पारित गर्यो ८ अर्ब २५ करोडको नगद लाभांश

काठमाडौं, १ माघ । नेपाल दूरसञचार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३–०७४को मुनाफाबाट ८ अर्ब २५ करोड रुपैयाँ नगद लाभांश पारित गरेको छ । पुस ३० गते आइतबार सम्पन्न १०औं साधारणसभामा उक्त लाभांश प्रस्तावलाई पारित गरेको हो साधारण सभाबाट पारित गरिएको लाभांश माघ २ गतेदेखि नै हीतग्राही खातामा बैंक खाता खद्यावधिक गरेका सेयरधनीहरुलाई क्रमश वितरण गर्ने टेलिकमले जनाएको छ कुल ८ अर्ब २५ करोड रुपैयाँ नगल लाभांशमध्ये ७ अर्ब ५४ करोड ७९ लाख २५ हजार रुपैयाँ सरकारको ढुकुटीमा जानेछ भने अन्य सबै लगानीकर्ताले ७० करोड २० लाख ७५ हजार रुपैयाँ पाउनेछन् । यसमध्ये टेलिकमका कर्मचारीले ३३ करोड ३३ लाख रुपैयाँ पाउनेछन् भने नागरिक लगानी कोषले २४ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ सर्वसाधारण लगानीकर्ताको भागमा ३६ करोड ६३ लाख मात्र पर्न आउने देखिन्छ । यसरी प्राप्त गर्ने लाभांशमा ५ प्रतिशत कर लाग्नेछ कम्पनीमा नेपाल सरकारको ९१.४९ प्रतिशत शेयर स्वामित्व रहेको छ भने सर्वसाधारण सेयरधनीको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत तथा नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?