काठमाडौं । चीन सरकारले बालबालिकाकालाई भिडियो गेमको लतबाट बचाउनका लागि कडा कदम उठाउँदै गेम खेलमा आमशिंक प्रतिबन्ध लगाएको छ । सरकारका अनुसार भिडियो गेमका कारण बालबालिकाको शारीरिक एंव मानसिक विकासमा समस्या हुने, उनीहरुले खेलने समय समित गर्न जरुरी रहेको छ । चीनको नेशनल प्रेस एन्ड पब्लिकेशन एडमिनिस्ट्रेशनले अहिले नयाँहरुको लिस्ट जारी गरेको छ । यसका अनुसार, १८ वर्ष भन्दा कम उमेरकाले राति
१० बजे देखि बिहान ८ बजे सम्म अनलाइन भिडियो गेम खेल रोक्क लगाइएको छ । यस नियमका अनुसार हप्तामा सोमबार देखि शुक्रबार सम्म दैनिक बालबालिकलाई भिडियो गेम खेल्नका लागि जम्मा ९० मिनेटको समय दिएको छ ।
विदाको समयलाई बढाएर ३ घण्टा गरिएको छ। यसको अलवा १६ वर्ष भन्दा कम उमेरका लागि गेममा एक महिनामा २०० यूआन (३२०० रुपैयाँ) भन्दा धेरै खर्च गर्न पाउने छैनन् । १६ देखि १८ वर्ष उमेरका लागि भिडियो गेममा खर्चका लागि सिमा ४०० युआन (४८०० रुपैयाँ)राखिएको छ । १८ वर्ष भन्दा कम उमेरकाले आफ्नो सहि नाम आइडेटिफेकेशन नम्बर समेत राख्नु पर्ने हुन्छ । युवामा भिडियो गेमको लत रोक्नका लागि चीन सरकारले यस्तो प्रतिबन्ध लागाएको हो । गेम कम्पनीले यस नियमका अनुसार प्रयोग कर्ताको ‘भेरिफाइ’ गर्नुपर्ने हुन्छ ।
सिन्हा न्यूज एजेन्सीका अनुसार, यो चीनका राष्ट्रपति शी जीनपीगको देशलाई अगाडी लिएर जानलाई यो महत्वपूर्ण यो एक हिस्सा भएको बताएका छन् ।यो सविधानमा सामेल गर्नलाले समाजवाद विचारमा लिएको छ । पछिल्लो वर्ष देखि नै भिडियो गेमको आलोचना भएको थियो ।
उनले भने बालबालिकामा आखाँ कमजोर हुनुको मुख्यकारण गेम रहेको छ । यस पछी चीनको गेम कम्पनीमा बालबालिकाको गेम खेल्ने सिमा निर्धारित गर्न दाबाव गरिएको थियो । शीले यस भनाइलाई चीनको शिक्षा मन्त्रालयले अनलाइन गेमको समित गर्न नयाँ नियम लागू गरेको छ । यस्तै हरेक वर्ष नयाँ गेम रिलीजमा समेत कमी आएको छ । अहिले मानिसहरुमा गेम खेल्नेको संख्यामा कमि आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया