धरहरा पुननिर्माणको काम ३२ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुननिर्माणको काम ३२ प्रतिशत सम्पन्न भएको जनाएको छ ।

शुक्रबार संसदको विकास तथा प्रविधी समितिको बैठकमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले धरहराको तेस्रो तलाको ढलान सप्पन्न भएको जानकारी दिनुभयो ।

ज्ञवालीका अनुसार धरहरा निर्माणका लागि सुन्धाराको गोश्वोरा हुलाक कार्यालय सार्नका लागी प्रीफ्याब भवन बनाएको, राष्ट्र बैंकको टक्सार कार्यालय सारिएको र स्थानिएको माग अनुसार बाटो खुला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?