काठमाडौं । एन आइ सी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको आज एक कार्यक्रमका बिच कार्यालय उत्घाटन गरेको छ ।
गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीमा स्थापना गरिएको शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले उत्घाटन गर्नुभएको हो ।
उक्त शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकिङ सेवा बिस्तारका हिसाबले अग्रणी मानिएको यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया