स्थानीय बासिन्दाद्वारा पृथ्वी राजमार्ग अवरूद्ध

तनहुँ, १ माघ । आइतबार बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएपछि आज सोमबार १२ बजेदेखि पृथ्वी राजमार्गको डुम्रे दमौली सडकखण्डको अवरुद्ध गरिएको छ पोखराबाट डुम्रे तर्फ जाँदै गरेको ना५ख ६१०० नम्बरको बसले तनहुको व्यास नगरपालिका १ दमौली बजार नजिक छाब्दीचोकमा ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको थियो बसको ठक्करबाट व्यास १० सेवर बस्ने करीब ५० वर्षीय नारायण न्यौपाको घटनास्थल मै मृत्यु भएको थियो न्यौपाने आइतबार दुध बेच्न घरबाट दमौली बजार आउँदै गरेका थिए । सोही घटनालाई लिएर आज स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन् बसधनीलाइ दमौली झिकाउनुपर्ने, पिडित पक्षसँग वार्ता गर्नुपर्ने र उचित क्षतिपूर्ती दिनु पर्ने लगायतका माग राखी स्थानीय बासिन्दाहरुले राजमार्ग अवरूद्ध गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?