काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ । सवारीको ठक्करबाट सिभिल हस्पिटलका डाक्टर ७२ वर्षीय प्रभु जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका हवल्दार दीपेन्द्र शाहीका अनुसार संघीय संसद भवनको १ नम्बर गेट अगाडी आइतबार बिहान ६ः१५ बजे दुर्घटना भएको थियो । हवल्दार साहीका अनुसार डाक्टर जोशी मर्निङवाकका लागि निस्कँदा दुर्घटनामा परेको हो ।
ठक्कर दिने सवारी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया