इराकमा दुई बेग्लाबेग्लै आत्मघाती आक्रमणमा २६ जनाको मृत्यु

बग्दाद, १ माघ । इराककको राजधानी बग्दादमा सोमबार भएको दुई वटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । इराकमा तीन दिनभित्र भएको यो अर्को भीषण आक्रमण हो पूर्वी बग्दादको चिकित्सा विभागका प्रमुख डा.अब्दुल घानी अल साआदीले यस आक्रमणहरुमा परी २६ को मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका पुष्टि गरेका छन् मध्य बग्दादको ताएयारान स्वाएरमा आत्मघाती आक्रमणकारीहरुले सोमबार विहान सबेरै विस्फोटहरु गराएका थिए मध्य बग्दादको ताएयारन स्वाएरमा निर्माण सम्बन्धि कामदारहरु जम्मा भएका इलाका लक्षित विस्फोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?