काठमाडौं । वैदेशिक रोजगार विभागले ई-टोकन र म्यासेजिङ सेवा सुरु गर्ने भएको छ । विभागले १५ मंसिरबाट ई-टोकन र म्यासेजिङ सेवा सुरु गर्न लागेको हो ।
विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कामदारले कुन कार्यालयबाट श्रम स्वीकृति लिने भनेर आफैंले रोज्नसमेत पाउनेछन् । उनले
फाराम बुझाइसकेपछि कुनै कारणवस श्रम स्वीकृतिको प्रक्रिया अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नु परेमा मोबाइलमा म्यासेज प्राप्त हुनेछ । श्रम स्वीकृतिको जानकारी पनि मोबाइल म्यासेजमा आउनेछ । फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्वीकृतिको स्टिकर जानेछ ।
अब कामदारले फाराम भर्दा आफ्नो मोबाइल नम्बर सही छ/छैन भनेर तीनपटक रुजू गरेपछि मात्र अनलाइन फाराम ‘सबमिट’ गर्न विभागले अनुरोध गरेको छ ।
विद्युतीय भुक्तानीको लागि पनि लामो समयदेखि विभागले प्राविधिक तयारी गरिरहेको छ । सेवा प्रदायकसँग सम्झौता गर्न छलफल चलिरहेको महानिर्देशक भुसालको भनाइ छ । यो प्रणाली लागू भइसकेपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैंकमा जानुपर्ने वा विचौलियाको सहयोग माग्नुपर्ने अवस्था अन्त्य हुने विभागको दावी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया