काठमाडौं । घटना कपिलवस्तुको हो, बलात्कार गरेको भिडियो सामाजिक सञ्जालमा राख्ने युवक पक्राउ परेका छन् । तीन वर्ष अगाडी जिल्लाको मायादेवी गाउँपालिका –१ पकडीको सिसौ बारीमा स्थानीय एक युवतीमाथि सामुहिक बलात्कार भएको थियो ।
२०७३ साल माघ १६ गते पाँच जनाको समूहले युवतीमाथि बलात्कार गरेको भिडियो बनाइ युवाहरुले नै उक्त भिडियो सामाजिक सञ्जालमा राखेका थिए ।
घटनापछि फरार रहेका मायादेवी गाउँपालिका– १ का २१ वर्षीय कलामुद्दिन मुसलमानलाई पक्राउ गरी आज अदालतमा उपस्थीत गराउने प्रहरीले जनाएको छ ।
प्रहरीले मायादेवी गाउँपालिका–१ मा तीन वर्ष अघि भएको सामुहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पक्राउ गरेको हो ।
घटनापछि फरार भएका मुसलमानलाई घर आएको बेलामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउंपालिका– १ का २६ वर्षीय राहत हुसेन र २० वर्षीय बब्लु भन्ने अब्दुल रसिद मुसलमान यस अघि नै पक्राउ परेका थिए । बाँकी तीन जना फरार रहेकोमा मुख्य अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया